कुखरा पालन (ब्रोइलर) पूर्ण रोजगारीका साथ मनग्य आम्दानी गर्न सकिने भरपर्दो पेशा हो । यो रोजगारी भएका तर समय बचत गर्न सक्ने व्यक्तिका लागि पनि उपयुक्त हुन्छ । न्यून आय भएका अर्धबेरोजगार व्यक्तिका लागि थप आयआर्जन गर्न यो पेशा सहायक सिद्ध हुन सक्छ । यो पेशा थोरै जग्गा तथा कम लगानीमै सञ्चालन गर्न सकिन्छ । यसको उत्पादन ५–६ हप्तामै भित्र्याउन सकिन्छ र वर्षमा ६–७ पटकसम्म कुखुरा बेच्न सकिन्छ । यो व्यवसाय गर्न धेरै ठूलो तालिमको आवश्यकता समेत पर्दैन ।
नेपालमा यो व्यवसाय सञ्चालनका लागि आवश्यक सामग्री सहज उपलब्ध छन् । साथै, सहज बजार पहुँचले उत्पादनपछिको विक्रीवितरणमा समेत समस्या छैन । यो व्यवसाय सञ्चालन गर्दा प्रारम्भमा सानो आकार अर्थात् १ सयदेखि २ सयबाट शुरू गर्नु उपयुक्त हुन्छ । र, बिस्तारै कुखुरा पालनको अनुभव बटुली व्यावसायिक रूपमा यो पेशा सञ्चालन गर्न सजिलो हुन्छ ।